Logo

बन्धक बनाएको भनेपछि जिल्ला प्रशासनले थाल्यो बिष्णु माझीको खोजी



Spread the love

चर्चित लोक दोहोरी गायिका बिष्णु माझीले फ्याट्टफुट्ट गीत गाईरहेकी छिन् । जति गाउँछिन् ती सबै हिट पनि रहेका छन् । हालै सालको पातको टपरी हुने बोलको गीत गाएर चर्चामा आएकी बिष्णु माझीको बारेमा जान्न चाहाने दर्शक तथा श्रोताहरु भने सधै अनविज्ञ नै हुन्छन् । किनकी बिष्णु माझी कहाँ छिन् , कसरी बसेकीछिन् भन्ने कसैलाई थाहा हुँदैन । धेरैले उनलाई श्रीमान सुन्दरमणि अधिकारीले बन्धक बनाएको लगायतका समाचारहरु बाहिरिएपछि उनको खोजीमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले चासो देखाएका छन् ।

एकातिर चर्चित गायिका त्यसमा पनि भुमिगत जस्तै जीवन बिताईरहेको सन्दर्भमा श्रीमानले नै बन्धक बनाएको भन्ने खबर बाहिरिएपछि निरौलाले यसबारेमा चासो दिएका हुन् । उनले बिष्णुको माइती र घरपक्षसँग बुझने काम भईरहेको र सम्बन्धित पक्षलाई पनि पत्रचार गरिसकेको बताएका छन् । बिष्णु माझी कालीगण्डकी नदीको किनारमा रहेको झुपडीबाट कक्षा ९ मा पढ्दापढ्दै राजधानी आएकी थिईन् । त्यसपछि उनी आफन्त र परिवारसंग सम्पर्कमा नरहेको बताईन्छ । त्यसपछि सुन्दरमणिसंग उनको नाम जोडिएर आएको थियो । उनले बिष्णु माझीलाई बन्धक बनाएर राखेको भन्ने समाचार आएपछि सुन्दरमणिले उनीसंग बिवाह गरे ।

उनी सामाजिक रुपमा भने बाहिर देखिँदैनिन् भने उनको जीवन भुमिगत जस्तै छ । सुन्दरमणिले बिष्णुलाई बिवाह गर्नुअघि नै अर्केसंग बिवाह गरिसकेका थिए । उता बिष्णुको माईतीले पनि उनको भुमिगत जीवनको बारेमा बोल्न सकेका छैनन् । छोरीको मुख देख्नै नपाएको ११ बर्ष भएको उनका परिवार बताउँछन् । उता सुन्दरमणिका पोखरास्थित छिमेकीहरुले बिष्णु माझी र सुन्दरमणिबाट जुम्ल्याहा छोरा रहेको र चाडपर्वमा घर एकसाथ आउँने गरेको खुलासा गरेका छन् । बिष्णु माझी भुमिगत जस्तै रहे पनि उनी नेपाली लोक सांगेतिक क्षेत्रमा चर्चित अनि महंगी गायिका हुन् ।

प्रतिक्रिया दिनुहोस्