वाईडबडी प्रकरणका कारण बिवादमा आएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालो मोसो दलिएको छ ।
कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को निकट युवा संगठनले कालो मोसो दलेको हो । २ बिमान खरिदमा गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै कंसाकारलाई उनकै कार्यकक्षमा पुगेर क्रान्तिकारी माओवादीका सदस्यहरुले कालो मोसो दलेका हुन् ।
भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत उनलाई कालो मोसो दलिएको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जनाएका छन् । यसअघि कंसाकारले बिमान खरिदमा कुनै पनि अनिमियतता नगरेको दाबी गर्दे बरु बिमान खरिद गरेकोमा आफुलाई सरकारले पुरस्कृत गर्नु पर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्