Logo

भारी हिमपात



Spread the love

हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ । बुधबार बिहानैबाट आकाशमा बाक्लो बादल लागेको भए पनि हिमपात भने बेलुकाबाट सुरु हुँदा चिसो अत्याधिक बढेको छ । बेलुका नै तापक्रम माइनस ११ डिग्री सेल्सियस पुगेको छ । बुधबार बेलुका ७ बजेसम्म सिमकोटमा बाक्लो हिउँ जमेको छ ।

चिसोको कारण नेटवर्कले काम गर्न नसक्दा उक्त स्थानहरूमा सञ्चार सम्पर्क समेत हुन सकेको छैन । हिमपातले चिसो हुँदा खानेपानीका धारामा पानी बरफ जमेको छ । बरफ जम्दा खानेपानीको समस्या भएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । यो हिमपात यस बर्षको तेस्रो हिमपात हो । हिमपातपछि किसानहरू भने जग्गामा छरेका जौ, गहुँ, उवा आदि जेठासी बाली उम्रने भएपछि खुसी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्