Logo

माघी महोत्सव मनाइने



Spread the love

उपत्यकामा काम विशेषले बसोबास गर्ने थारु समुदायले यस वर्ष पनि पुस ३० र माघ १ गते (दुई दिन) माघी महोत्सव टुँडीखेलमा मनाउने भएका छन् ।

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्य समितिको आयोजनामा हुन लागेको माघी महोत्सव तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको छ । महोत्सवमार्फत थारु समुदायको हस्तकला, भाषा, संस्कृतिक र संस्कारको प्रचार एवं संम्बद्र्धनसँगै थारु समुदायको अधिकारको मागसमेत प्रवाह गरिने जनाइएको छ । महोत्सवमा थारु समुदायको प्रमुख परिकार ढिक्री, बगिया, अनदीको भात, घोङ्घी, गंगटा, परेवा, सुंगर, बंगुृरका परिकारका स्टलहरु राखिने छ ।

प्रतिक्रिया दिनुहोस्