Logo

डा.केसी भोलीदेखि अनसन बस्दै ,यस्ता छन् उनका माग



Spread the love

डा.गोबिन्द केसी १६ औं अनसन बस्नका लागि इलाम पुगेका छन् । गोबिन्द केसीले सरकारलाई दिएको अल्टिमेटमको आज अन्तिम दिन भएकोले सत्याग्रहको तयारीका लागि इलाम पुगेका हुन् । अभिषेक राज सिंहले ट्वीटरमाफर्त यसबारेमा जानकारी दिएका छन् । केसीले बुधबारदेखि अनसन बस्ने भएका छन् । उनले सरकारसंग ३ बुँदे माग गरेका छन् ।

साउन १० गते सरकारसंग भएको सम्झौता कार्यान्व्यन गर्दे चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका छन् । सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न पनि केसीको माग रहेको छ । उनले दोषी देखिएको खण्डमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न पनि माग गरेका छन् । डा. केसीको दोस्रो मागमा कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई सार्वजनिक गरी कारवाही गर्न माग गरेका छन् ।

साथै उनले प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई अपांग बनाउँनेमाथि पनि कारवाही गर्न माग गरेका छन् भने केसीको तेस्रो मागमा सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता दिई दोषीमाथि कारवाही गर्न सरकारसमक्ष माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्