सन २०१७ मा सम्पन्न भएको मिस्टर लुम्बिनीको मोस्ट कन्फिडेन्ट टाइटल अवार्ड पाएका सौरभ रेग्मी यति बेला बुटवलमा निकै व्यस्त देखिन्छन् । बुटवलमा आयोजना भएको मिस्टर लुम्बिनीमा भाग लिएका उनी विजेता बन्न भने सकेका थिएनन् । तर पनि उनी हार मान्ने व्यक्ति भने थिएनन् । आफ्नो लगनशीलता र मेहनत गरेर आज उनी एउटा व्युटीप्रेजेन्टको निर्देशन गर्ने कठिन कार्यलाई अँगाल्ने भएका छन् । भनिन्छ नि असफलता नै सफलताको मार्गदर्शन हो ।
पछिल्लो समय रुपन्देही जिल्लामा रहेर विभिन्न व्युटीप्रेजेन्टमा आफ्नो अग्रणीय भूमिका खेल्दै आएका उनी हालै सम्पन्न ए.वाई क्रियशनले आयोजना गरेको मिस्टर एन्ड मिस सिटी, मास्टर एन्ड मिस लिटिल रुपन्देही र द रोयल रन वे नेपालको व्युटीप्रेजेन्ट कार्यक्रममा कार्यक्रम निर्देशकको भूमिकामा देखिएका थिए । साथै अब लगत्तै सञ्चालन हुन लागेको मिस्टर एन्ड मिस सिटी सिजन २ को निर्देशन गर्न उनी व्यस्त रहने छन् ।