Logo

नेपालले कस्तो रेलका सेट खरिद गर्दैछ?



Spread the love

भारतको जयनगरदेखि नेपालको धनुषास्थित कुर्थासम्म रेल सञ्चालनका लागि सरकारले शुरूमा रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने भएको छ। रेल विभागका अनुसार एउटा सेटमा पाँचवटा डिब्बा र दुईवटा इञ्जिन हुनेछन् । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ।

कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल मात्रै चलाएको नेपालसँग अनुभव भएकोले अब चल्ने ‘ब्रोडगेज’ रेलबारे नेपाली चालकहरू प्रशिक्षित नभएसम्म भारतबाट चालक ल्याएर चलाउने सरकारी तयारी छ।

नेपाललाई रेलमार्गबाट जोड्न दुई छिमेकी भारत र चीनबीच अघोषित प्रतिस्पर्धा भइरहेको बुझाइमाझ छोटो दूरीको भए पनि रेलसेवा विस्तारका लागि यो महत्त्वपूर्व साबित हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्