Logo

नेपाल आइडल सिजन–२, ठमेलमा साङ्गीतिक महोत्सव



Spread the love

अङ्ग्रेजी नयाँ वर्ष अथार्त सन् २०१९ को अवसरमा ठमेल पर्यटक विकास परिषद्ले सोमबार ‘सडक साङ्गीतिक लाइभ’ महोत्सवको आयोजना गर्यो । त्रिदेवीमार्गमा आयोजित साङ्गीतिक महोत्सवमा नेपाल आइडल सिजन–२ का टप टेन प्रतिस्पर्धीहरुको गायन, डिजे म्युजिक र विभिन्न साङ्गीतिक ब्यान्डहरुले रक तथा पप गीत प्रस्तुत गरे ।

‘पर्यटन प्रर्वद्धनका लागि सडक सङ्गीत’ मूल नाराका साथ आयोजित ‘सडक साङ्गीतिक लाइभ’ कार्यक्रममा युवाको बाक्लो सहभागिता रहेको थियो । साँझ ५ बजेबाट सुरु भएको साङ्गीतिक लाइभ राति १२ बजेसम्म सञ्चालन भएको थियो । यसैबीच, नयाँ वर्ष इभ अर्थात नयाँ वर्ष शुभारम्भको अघिल्लो साँझ ठमेल र दरबारमार्ग क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । त्यहाँका होटल, रेष्टुरा, डिस्को तथा क्लव र लाउन्ज बारहरुमा युवाको घुइँचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्