Logo

म्यान्चेस्टर युनाइटेडको विजय, पोग्बाले गरे २ गोल



Spread the love

 

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बोर्नेमाउथमाथि शानदार जित हात पारेको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युनाइटेडले बोर्नेमाउथलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । बोर्नेमाउथको जितमा पाउल पोग्बाले दुई गोल गरे । त्यस्तै, मार्कुस राष्फोर्ड र रोमेलु लुकाकुले समान एक–एक गोल गरे । यता, बोर्नेमाउथका लागि नाथन एकेले गोल फर्काएका थिए ।

जितपछि लिगको छैटौ स्थानमा रहेको युनाइटेडको २० खेलबाट ३५ अंक रहेको छ । पराजित बोर्नेमाउथको भने २० खेलबाट २६ अंक रहेको छ । त्यस्तै, आइतबार राति नै भएको अर्को खेलमा बर्नेलीले वेष्टह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्