Logo

नक्कली सुनदेखि होसियार !



Spread the love

सस्तोमा सुन किन्न प्रलोभन देखाइरहेको त छैन ? पित्तल वा फलाम पनि हुन सक्ने भएकाले होशियार रहन प्रहरीले सुझाव दिएको छ ।  उपत्यकामा सुनको सिक्री र बेरुवा औंठी देखाइ बजार मूल्यभन्दा १०/१५ हजार रुपियाँ सस्तोमा खरिद विक्री गर्ने नाममा ठग्नेहरू बढ्दै गएको पाइएको छ । प्रत्येक हप्ता यस्तो ठगी घटना प्रहरीसम्म पुग्ने गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंँले नक्कली सुन देखाइ ठग्दै गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । यो समूहको साथबाट दुई तोलाभन्दा बढी तौलका १० थान सिक्री, ३२ थान बेरुवा औंठी, रिङ, ब्रासलेट, टप्स र पत्थर (हिरा) लगायतका गरगहना बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्