Logo

दीपिका कक्कड़ बनिन् ‘बिग बोस सिजन १२’ की विजेता



Spread the love

भारतीय टेलिभिजन रियालिटी शो बिग बोसको १२औ संस्करण आज देखी सकिएको छ । १५ हप्ता पछी आज रियालिटी शो बिग बोस १२ ग्रेण्ड फिनालेको नतिजा आएको छ ।बिग बोस सिजन १२ को उपाधि दीपिका कक्कड़ले जितेकी छन् ।

शो को सेलिब्रेटी कन्टेस्टेंट श्रीसंथ फ़र्स्ट् रनर अप भएका छन् भने, दिपक ठाकुर सेकेण्ड रनर अप भएका छन्। श्रीसंथ र दिपक ठाकुरसँग अन्तिम प्रतिस्पर्धीका रुपमा रहेकी उनी आईतबार राति विजेता घोषित भएकी हुन् । बिग बोस सिजन १२ मा दीपिका पहिलो नम्बरमा पर्न सफल भईन भने श्रीसंथ दोस्रो, दिपक तेस्रो र चौथो स्थानमा करणवीर रहे ।

अब नेपालमा पनि ‘बिग बोस’

आईतबार बेलुका भएको बिग बोसको ग्रेण्ड फिनाले विशेष बनाईएको थियो । रोहित शेट्टीसँग बिग बोसका उद्घोषक सलमान खानले मस्ती मजाक गरेका थिए ।फाइनल प्रतियोगितामा टेलिभिजन सेलिब्रेटी सहित अरु रंगमञ्चका कलाकार पनि उपस्थित थिए ।

सेप्टेम्बर १६ तारिखदेखि सुरु भएको प्रतियोगितामा १९ जना प्रतिपस्र्धी थिए । त्यसमध्ये ५ जना फाइनलमा पुगेका हुन् । बिग बोस सिजन १२ की विजेता दीपिका कक्कड़ले ट्रफीको साथ ३० लाख भारतीय रुपैयाँ पाएकी छन् ।यसरि आज देखी बिग बोस सिजन १२ समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्