गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमू समुदायहरुको साँस्कृतिक पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गरेका छन्।
मुख्य मन्त्री गुरुङले तमू समुदायहरुको चाड ल्होसारको अवसरमा प्रदेश–४मा सार्वजनिक विदाको घोषणा गरेका हुन्। संघीय सरकारले कम्तीमा ६ दिन विदा दिनको लागि प्रदेश सरकारलाई अनुमती दिएको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले तमूसमुदायहरुको बाहुल्यता रहेको गण्डकी प्रदेशमा प्रदेश सरकारले विदा दिने बताए।
उनले प्रदेश मन्त्रीपरिषदबाट निर्णय गरी विदा सार्वजनिक गर्ने बताए।तर विगत वर्षहरुमा दिंदै आएको चाडपर्वहरु तमू ल्होछार, ग्याल्पो ल्होछार, सोनाम ल्होसार, उद्यौली, उभौंली जस्ता पर्वविदा कटौटी गरेको छ । संघीय सरकारले सार्वजनिक विदा कटौती गरेको भन्दै विभिन्न जातिय संघसंस्था विदा पुर्नावलोकनका लागि ध्यान आकर्षण गराउदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्