Logo

नेपाली विमान मलेसियामा अलपत्र



Spread the love

दुई महिनाअघि सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान मलेसियामै थन्किएको छ ।
बोइङ मर्मतका लागि निगमले सामान व्यवस्थापन गर्न नसक्दा विमान अलपत्र परेको हो ।

अमेरिकाबाट उपकरण आउन समय लागेकाले मर्मतमा ढिलाइ भएको निगमका अधिकारीले बताएका छन् । उनका अनुसार मर्मतको जिम्मा पाएको इन्जिनियरिङ कम्पनी डेभिएसनले सोमबारसम्म मर्मत गरिसक्ने भाका दिएको छ ।

निगमले यस विमानलाई लिलाम गर्ने निर्णय गरिसकेको र पुस पहिलो साता बिमान बिक्री प्रक्रिया थालिसकेको जनाइएको छ । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्