अन्तराष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जनको नेपालमा भब्य स्वागत गरिएको छ। उनी आज अपरान्ह २ बजे नेपाल पुगेका हुन। उनी लामो समयदेखि शारिरिक सुगठनमा रहेकाले बाहिर भएको र अहिले आफ्नो घर फर्केका हुन् ।
उनको घर काठमाडौको छाउनीमा हो । उनी भर्खरै सम्पन्न भएको विश्व शारीरिक सुगठनमा स्वर्ण पदक जितेका हुन् । थाइल्याण्डको चाङमईमा भएकाे १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा उनले पुरुष ७५ केजी स्वर्ण जितेका हुन ।
उनले १२ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएका थिए । नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । भने गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् ।
तर उनले अन्तर्रा्ष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा भूटानमा भएको ५० औं एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए । यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औं संस्करणमा च्याम्पियन र १४औं तथा १५ औं संस्करणमा पनि दोस्रो भएका थिए ।
नेपाल बडी बिल्डिङ एशोसिएशनका अध्यक्ष राजेशबाबु श्रेष्ठले विज्ञप्त जारी गर्दै महेश्वरलाई सङ्घका तर्फबाट रु तीन लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महेश्वरले सङ्घको मात्रै नभई सिङ्गो देशको नाम उचो बनाएको उनको भनाइ छ ।