Logo

देश समृद्ध बनाउन महिलाहरुलाई उत्पादनसँग जोडौं : मन्त्री मगर



Spread the love

खानेपानी मन्त्री बीना मगरले समृद्ध नेपाल निर्माणका लागि महिलाहरुलाई उत्पादनमुलक कार्यमा अगाडि बढाउनुपर्ने बताइन्।

नेपाल उद्यमशील महिला महासंघले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला’ को समापन गर्दै मन्त्री मगरले महिलाहरुको क्षमता अभिवृद्धि गर्न महिलाहरुलाई उत्पादनसँग जोड्नुपर्ने बताइन्।

“पुरुषको तुलनामा महिलाहरुले बढी संघर्ष, मेहनत र त्याग गर्नुपर्छ। महिलाहरुमा केही गरौं भन्ने दृढ संकल्प हुन्छ। त्यही संकल्पले नै उनीहरुलाई सफल बनाउँछ। त्यसैले सबै मिली महिलाहरुलाई उद्यमी बनाउन हौसला प्रदान गरौं।”

उनले यस्तो मेलालाई देशव्यापी बृहत बनाउन महोत्सवको रुपमा आयोजना गर्नुपर्ने धारणा राखे। महासंघकी अध्यक्ष देवकी बुढाथोकीले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न महिला सशक्तीकरणको खाँचो रहेको र आर्थिक विकासका लागि घरेलु उद्योगमा लगानी बढाउनुपर्ने बताए।

आन्तरिक उत्पादन प्रबद्र्धन गर्ने उद्देश्यले गत पुस ५ गतेबाट सुरु भएको मेला आईतबार सकिएको हो। मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका जुत्ता चप्पल, खेलौना, झोला, टोपीसहितका हस्तकला वस्तु र प्राङ्गारिक कृषि उपज प्रदर्शन गरिएको थियो।

देशका ४२ जिल्लामा सञ्जाल विस्तार गरेको महासंघमा हाल एक हजार २०० महिला उद्यमी सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्