Logo

उपत्यकाका १८ वटा अस्पताल कारवाहीको सूचीमा



Spread the love

अत्याधुनिक प्रविधिको प्रयोगबाट उपचार हुने महँंगा र सुविधासम्पन्न कतिपय अस्पतालले अस्पतालजन्य फोहोर जथाभावी फालेपछि सरकारले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको छ ।

आजको गोरखापत्र दैनिक लेख्छ–राजधानीका सुविधासम्पन्न तथा चिकित्सा क्षेत्रमा आफूलाई ‘फाइभ स्टार’ सुविधा प्रदान गर्ने भनिएका नर्भिक, ओम, नोबेल, ग्रिन सिटी, मेडिकेयर लगायतका अस्पतालले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्ने विधि र संरचना नबनाएको भन्दै वातावरण विभागले कारवाही गर्ने तयारी गरेको हो ।
अस्पतालजन्य फोहोरलाई सोझै नगरपालिकाको फोहोर उठाउने गाडीमा फाल्ने, सडकका छेउछाउमा जम्मा पारेर खुला छाड्ने, सङ्क्रमित पानीलाई सोझै ढलमा मिसाउने गरिएको पाइएकाले उपत्यकाका १८ वटा अस्पताल कारवाहीको सूचीमा रहेको जनाइएको छ ।
विभागका अनुसार अस्तापल सञ्चालन गरेको वर्षौं भएपनि हालसम्म वातावरण संरक्षण ऐनले निर्धारण गरेको वातावरणीय प्रभाव मूल्याङ्कन समेत नगरेका ती अस्पताललाई वातावरण ऐन अनुसार कारवाहीका लागि वन तथा वातावरण मन्त्रालयमा सिफारिस गरेर पठाइएको वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीलेबताए ।
उपत्यका भित्रका ३७ वटा अस्पतालमा गरिएको अनुगमनमा १८ वटा अस्पतालले न्यूनतम मापदण्ड पनि पूरा नगरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्