नियमित उडान हुन नसकेको दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ टरिगाउँमा रहेको विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय टर्मिनल भवन बन्ने भएको छ ।
भवन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया समेत अगाडि वढाइसकेको छ । प्राधिकरणले टेण्डर आव्ह्वान गर्दै प्रक्रिया अगाडि बढाएको हो । ६० लाखको लागतमा टर्मिनल भवन निर्माण गरिन लागेको प्राधिकरणले प्रकाशन गरेको टेण्डरमा उल्लेख गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाकाको पहलमा नियमित विमान सेवा सञ्चालन हुन थालेपछि टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढेको हो ।
विमान सेवा निरन्तर सञ्चालन भए पनि पुरानो भवनका कारणले यात्रुहरुले दु:ख पाउँदै आएका थिए । टर्मिनल भवन निर्माणसँगै यात्रुहरुलाई सहज हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्