चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता धनगढीका रवी ओड बनेका छन् । ललितपूरको पुलचोकमा भएको फिनालेमा टप चारबाट उनी विजेता घोषित भएका हुन्।बिजेता रबिले २२ लाख नगद , होन्डा डब्लुआरभी कार , एउटा एल्बम र वल्र्ड टुर पाएका छन् ।
पुर्ख्यौली घर अछाम भएका रवि अहिले कञ्चनपुरमा बस्छन् । उनले धनगढीमा भएकाे अडिसनबाट नेपाल आइडलकाे यात्रा सुरु गरेका थिए । उनीसँगै बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी फाइनल प्रतिस्पर्धी रहेका थिए।
कार्यक्रममा अतिथिको रुपमा हाँस्य कलाकार सन्दिप क्षेत्री थिए । स्ट्यान्डप कमेडियन सन्दिप क्षेत्रीले पनि आफ्नो हाँस्य प्रस्तुति प्रस्तुत गरेका थिए । फाइनलको अवसरमा टप १० मा परेका सम्पुर्ण प्रतिस्पर्धीहरुले पनि आफनो प्रस्तुति प्रस्तुत गरेका थिए ।
फस्ट रनरअप बिक्रम बराल भएका छन । फस्ट रनरअपले २० लाख रुपैया र वर्ल्ड टुरको प्याकेज प्राप्त गरेका छन् ।
त्यसैगरी सेकेन्ड रनरअफ झापाका सुमित पाठक भएका छन् । सेकेन्ड रनरअपले १६ लाख रुपैया नगद र वर्ल्ड टुर प्राप्त गरको छन् ।
थर्ड रनरअप अस्मिता अधिकारी भएकी छिन । उनले होन्डाको स्कुटर प्राप्त गरीन् । झापाकै उनी एकमात्र महिला फाइलनिस्ट थिइन्। शोको जज न्युह् बज्रचार्य , कालीप्रसाल बास्कोटा र इन्दिरा जोशी रहेका थिए ।कार्यक्रम एपि वान एचडी तथा नेपाल आइडलको युटुवको अफिसियल च्यानलबाट एकैसाथ प्रत्यक्ष प्रसारण भएको थियो । युटुवको लाइभ कार्यक्रम १ लाख ४० हजार भन्दा बढी दर्शकहरुले प्रत्यक्ष रुपमा हेरेका थिए ।