भारतका चर्चित कमेडियन कपिल शर्मा आज डिसेम्बर १२ मा विवाह गरिरहेका छन् । कपिल उनकी पे्रमिका गिन्नी चतरथका साथ भारतको पञ्जाबमा लगनगाँठो कस्दैछन् ।
विवाहका लागि कपिल शर्माका साथीहरु तथा हास्यकलाकार कृष्णा अभिषेक, सुमोना चक्रवर्ती, राजीव ठाकुर र गायिका ऋचा शर्मालगायत ‘द कपिल शर्मा शो’का सम्पूर्ण सदस्य पञ्जाब पुगेका छन ।
यसअघि दीपिका पादुकोण र रणवीर सिंह तथा प्रियंका चोपडा र निक जोनसकै शैलीमा कपिल र गिन्नीले पनि २ वटा परम्परा अनुसार विवाह गर्ने खबरहरु आइरहेका छन । बुधबार हिन्दू परम्पराअनुसार विवाह हुनेछ भने १३ डिसेम्बरमा शिख परम्परामा विवाह हुनेछ ।
आजको विवाह गिन्नीको घर जालन्धरमा हुनेछ । यसपश्चात भोलि कपिलको घर अमृतसरमा विवाह हुनेछ ।
विवाहपछि कपिल शर्माले आफ्नो घर अमृतसरमा डिसेम्बर १४ मा रिसेप्सन पार्टीको आयोजना गर्नेछन् । यस रिसेप्सनमा कपिलका आफन्तजन र नजिकका साथीहरु सहभागी हुनेछन । यस्तै डिसेम्बर २४ मा मुम्बईमा कपिलले भव्य रिसेप्शन राख्नेछन, जहाँ बलिउड स्टारहरु पनि सहभागी हुनेछन् ।