यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले चार पांग्रे सवारीका लागि ट्रायलको बिधि र नियममा केहि परिवतन गरेको छ ।
अन्तिम पुगेर फेल हुँदा परीक्षार्थीको समयको नास मात्र हुने गरेको गुनासो बढ्नुको साथै सेवाग्राहीको चापलाई ध्यानमा राखेर कार्यालयले यस्तो निर्णय गरेको हो । अब बग्गीखानामा ट्रायल दिँदा सुरुवातमै गाडीले ‘टी’ सेपलाई क्रस गर्नुपर्नेछ । यसअघि ‘एट’ सेपबाट ट्रायल सुरु हुन्थ्यो र ‘टी’ मा पुगेर टुङ्गिन्थ्यो ।
एट सेपमा पुगेर बढि फेलहुनुको साथै ट्रायल सेन्टरमा चाप बढेपछि अप्ठ्यारो मानिएको ‘टी’ स्टेपलाई सुरुमै ल्याइएको स्रोतको दावी छ । अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने छ । यो नियममा परिवर्तवभएसँगै अब पहिलेजस्तो पार्किङबाट सवारी सीधै ‘एट’ सेपमा प्रवेश गर्ने छैन ।
अब कमजोर रहेकाहरु पहिलो चरणको ‘टी’ मा नै फेल हुने भएकाले समयको बचत हुने कार्यालयको दाबी छ । यो नियम भोलिदेखि लागू भएको नयाँ व्यवस्थाले बग्गीखानामा ट्रायल दिँदा अझ असजिलो हुनेछ ।
प्रतिक्रिया दिनुहोस्