भारतका चर्चित साहित्यकार भारतेन्दु हरिश्चन्द्रको लोकप्रिय नाटक ‘अँधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन भइरहेको छ। यसअघि काठमाडौँको थापागाउँस्थित कुञ्ज थिएटर मञ्चन भएको यो नाटक हाल अनामनगर स्थित मण्डला नाटक थिएटरमा मञ्चन भइरहेको छ ।
नाटक यहि मङ्सिर ६ गते देखि २२ गते सम्म मन्चन हुने नाटकलाई नेपाली भाषामा अनुवाद र तथा निर्देशन आशिष् घिमिरे र सङ्गीत सापकोटाले मिलेर गरेका हुन्। नाटकका लागि प्रत्यक्ष सङ्गीत निर्देशन सङ्गीत सारकोटा र मनिष निरौलाले मिलेर गरेका छन् । नाटकले विवेकहिन र निरङ्कुश शासन व्यवस्थाप्रति व्यङ्ग्य गर्छ। हास्यास्पद नाटकले एउटा शासक कसरी आफ्नै विवेकहिनतका कारण पतन हुन्छ भन्ने कुरा देखाइएको छ। नाटकमा जीवन भट्टराई,आर्जेश रेग्मी, संजित प्रताप मल्ल,सागर दाहाल, पुष्कर कार्की, प्रकु पाण्डे, दिपेन्द्र शाही लगायतको अभिनय रहेको छ। सोमबार बाहेक यो नाटक हरेक दिन ५ बजे र सनिबार भने दिउसो १ बजे समेत भइरहेको छ ।