Logo

अनमोल बने हिरो अफ दि ईएर



Spread the love

असार, १९
हिमाल जि सि

हिजो सम्पन्न  चलचित्र कलाकार संघको फान अवार्डमा लोकप्रिय कलाकारको रुपमा  युवा स्टार अनमोल केसीलाई हिरो अफ दि ईएर उपाधीसहित सम्मान गरिएको छ भने महानायक राजेश हमाललाई लोकप्रिय कलाकारको रुपमा सम्मान गरिएको छ ।
 उता अनमोल पछिल्लो पुस्ताका सुपरस्टार हुन। पछिल्लो समय स्टारडम भएका एक मात्र हिरो दर्शकमाझ अनमोल निकै लोकप्रिय छन।  त्यसो त यो कार्यक्रमले हमाल र अनमोललाई एकै स्टेजमा उभ्याउन समेत सफल भएको छ भने अनमोल र हमालले स्टेज सेयर गरेको पनि संभवत पहिलो हो ।अनमोल र हमालले सम्मान पाउँदा दर्शक तथा उपस्थित सबैले ताली र हुटिङ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्