नेपाली रङ्गमञ्च तथा टेलि सिरियलका चर्चित अनि वरिष्ठ कलाकार विष्णुभक्त फुयाँल (यो माई लभ )को निधन भएको छ । मंगलबार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै स्टेजमै ढलेका (बेहोस भएका) उनको विर अस्पतालमा निधन भएको हो ।

फुयाँलको अन्तिम संस्कार भने बुधबार मात्र हुने बताईएको छ । केहि महिना पहिले बन्द भएको चर्चित हाँस्य सिरियल ‘तितोसत्य’मा फुयाँलले निभाएको ‘यो माई लभ’ पात्र निकै चर्चामा थियो । उनि पछिल्लो केहि बर्षयता बौद्ध स्थित पानी ट्याङ्की नजिक एक्लै बस्दै आएका थिए । फुयाँल परिवारमा ( निर्मल, कमल र बिमल) तीन छोरा छन् भने उनकी पत्निको यसअघि नै निधन भईसकेको छ ।
परिवारका सदस्य मध्ये एक छोरा विदेशमा रहेका र अर्का दुई छोरा नेपालमै रहेपनि फुयाँल भने एक्लै बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्