बलिउड अभिनेता शाहरुख खान अभिनीत ‘जिरो’को ट्रेलर केही दिन अघि सार्वजनिक भइसकेको छ । भिन्न भूमिकामा देखिएका शाहरुखको यति बेला निकै चर्चा भइरहेको छ । तर सार्वजनिक भएको ट्रेलर भने विवादमा आएको छ ।
यस्तो छ विवादको कारण
चलचित्र पोष्टर र ट्रेलरको एक सिनमा शाहरुखले कृपाण समातेको देखाइएको छ । यस दृश्यमा आपत्ति जनाउँदै मनजिंदरले सामाजिक सञ्जालमा लेखेका छन्– ‘कृपाणलाई साधारण चक्कु जस्तो प्रयोग गरिरहेको देखाएर शाहरुखले हाम्रो धार्मिक भावनामा आघात पुर्याएका छन् यसमा हाम्रो घोर आपत्ति रहेको छ ।’
I have written a letter to actor of @Zero21Dec @iamsrk & director @aanandlrai to withdraw the objectionable scene and poster showing Kirpaan as ordinary dagger
Filed a complaint as well as this promotion hurts Sikh sentiments pic.twitter.com/yuTpVPLfij
— Manjinder S Sirsa (@mssirsa) November 5, 2018
ट्रेलरमा शाहरुखले सिख समुदायको कृपाण लगाएका छन् । उक्त कृपाणलाई शाहरुखले साधारण चक्कु जसरी प्रयोग गरिएको भन्दै दिल्ली सिख गुरुध्वार मेनजमेन्ट कमिटीका जनरल सेक्रेटरी मनजिंदर सिंह सिरसाले क्रिमिनल केस हालेको छन् । छोटो सिन भएता पनि उक्त सिन माथि आपत्ति जनाउँदै मनजिंदरले मुद्दा हालेका हुन् । साथै उनले शाहरुख र चलचित्रकी निर्मात्री गौरी खानलाई उक्त सिन नहटाए कानुनी कार्य विरुद्ध जाने चेतावनी दिएका छन् । चलचित्र जिरोमा शाहरुखको साथै कैटरिना कफै, अनुष्का शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको ट्रेलर २ नोभेम्बर सार्वजनिक भएको थियो । २१ डिसेम्बरको चलचित्र प्रदर्शनमा आउने छ ।