Logo

श्रीनगरका केही ब्यापारीहरुको आयोजनामा झिम्पेमा नि:सुल्क आँखा शिबीर सम्पन्न



Spread the love

दिपक बोहरा
असार १८ सल्यान

झिम्पे गाबिसको मुलखोलामा नि:शुक्ल आँखा शिबिर सम्पन्न भएको छ ।
श्रीनगरमा ब्यबासाय गरिरहेका केही ब्यापारीहरुको सहयोगमा उक्त आँखा सिबिर सम्पन्न भएको हो । श्रीनगरमा रहेको माउन्ट एभरेष्ट गेस्ट हाउस ,बागेश्वरी मोबाईल पसल र देबि स्टोर श्रीनगर सल्यानको आयोजना तथा नेपाल नेत्र ज्योति संघ आखा उपचार केन्द्र सीतलपाटीको प्राबिधिक सहयोगमा सम्पन्न उक्त नि:शुक्ल आँखा शिबिरमा ११० जनाको आँखा परिक्षण गरिएको थियो ।

जस मध्ये १५ जना लाई मोतिबिन्दु भएको र मोतिबिन्दु भएकालाई अप्रेसनको लागी सल्यान शितलपाटी आँखा उपचार केन्द्रमा साउनको पहिलो हप्ता बोलाइएको छ भने जटिल समस्या भएका ३ जनालाई राप्ती आँखा अस्पताल दाङ पठाइएको छ ।
झिम्पे गाबिसको भवनमा सन्चालित आँखा सिबिरमा नेत्र सहायक सरताज हुसेन , नेत्र स्वास्थ्य कार्यकर्ता पदम राज पन्त , कोर्बाङ झिम्पे गा बि स सचिब बुद्धि प्रसाद शर्मा , गा बि स सलेप डिल्ली बहादुर ओली ,कृष्ण मा बी पोखरीडाडाका लेखापाल एकराज खडका , माउन्ट एभरेष्ट होटेलका धुर्ब राज भण्डारी, बागेश्वरी मोबाईल पसलका आशिष के शी , देबि स्टोर का दिपक बोहरा को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्