Logo

यू–१५ साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलार्इ



Spread the love

यू–१५ साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।एन्फा मैदान सातदोबाटोमा पाकिस्तानविरुद्धको फाइनल खेलमा पेनाल्टी शूट-आउटमा ३–२ गोलले विजयी हुँदै बंगलादेशले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । २५औं मिनेटमा पाकिस्तानका किपर हसिब अहमद खानले आत्मघाती गोल गरेपछि बंगलादेशले सुरुआती अग्रता बनाएको थियो ।

पहिलो हाफमा आत्मघाती गोलले पछि परेको पाकिस्तानले ५५औं मिनेटमा बराबरी गोल गरेको थियो । पाकिस्तानका लागि महुब उल्लाह उल्लाहले गोल गरेका थिए । बंगलादेशी खेलाडीले डी-बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा उल्लाहले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए ।त्यसपछि निर्धािरित समयभित्र थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी शूट-आउटबाट निकालिएको हो ।

यसअघि शनिबार नै भएको तेस्रो स्थानको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । पहिलो हाफको १८औं मिनेटमा भारतका थलेचु बनलरु टफेचाले गरेको गोल नै निर्णायक भएको थियो ।साफ च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको थियो ।

 

प्रतियोगितामा बंगलादेशका मोहम्मद निहत जमान उखास सर्वाधिक गोलकर्ता बने भने पाकिस्तानी किपर हसिब अहमद खान माेस्ट भ्यालूएबल प्लेयर बने ।प्रतियोगिताका विजयी टिमलाई शनिबार नै विशेष समारोहबीच पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्