Logo

ह्रस्व दीर्घ सिकाउने गीतको अपार सफलतापछि एआईए स्कुलले फेरी ल्यायो अर्को नयाँ तिहार गीत (भिडियो)



Spread the love

काठमाडौं शंखमुलको अवार्नेस इन्टरनेशनल एकेडेमी (एआईए)को टिमले फेरी अर्को ज्ञानवर्दक गीत बजारमा ल्याएको छ ।केहि समय अगाडी ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्बजनिक गरेको सो स्कुलले अहिले भने नयाँ तिहार गीत बजारमा ल्याएको हो । अहिलेको गीतबाट समाजिक शिक्षा सिकाइएको छ ।

गीतमा सातवटा प्रदेश, स्थानीय तह, सातै प्रदेशमा उद्योग, कलकारखाना, पर्यटकीय क्षेत्र लगायतका विषय समेटिएको छ । यस गीतमा एआइए स्कुलका प्रवन्ध निर्देशक समेत रहेका विमल घिमिरेको शब्द रहेको छ । साथै शब्द संरचनामा खगेश्वर गिरी र कृष्ण प्रसाद गैरेले साथ् दिएका छन् भने संगीत राजकुमार घिमिरेले दिएका छन् ।

यस गीतको भिडियोको छायांकन स्कुल परिसरमै गरिएको हो भने कलाकारको रुपमा एआइए स्कुल परिवार रहेका छन् । यस गीतले प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका समेतका लागि उपयोगी रहेको जनाइएको छ ।गीतलाई तिहारका देउसी भैलोको भाकामा तयार पारिएको छ ।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्