नयाँ बानेश्वर चोकमा सरकारी गाडीमा अगलागी भएको छ । अल्फाबिटा भवन अगाडि बा २ झ १३९२ नम्बरको स्कर्पियो गाडीमा आगलागी भएको हो । एक गाडीमा भने तोडफोड गरेका छन् ।
बानेश्वर प्रहरीका अनुसार कसले गाडीमा आगो लगायो भन्ने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड गरेको चालकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्