असार, १८ काठमाडौँ अखिल(क्रान्तिकारी)का अध्यक्ष रमेश मल्ल, अर्को अखिल(क्रान्तिकारी)का अध्यक्ष रत्न ढकाल र क्रान्तिकारी विद्यार्थी सङ्गठन नेपालका अध्यक्ष सन्तोष विष्टसहितको टोलीले गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै पिडकलाई हदै सम्म कारबाहीको माग गरेका छन। हिजो भएको भारी बर्षाको कारणले विद्यालयको पर्खाल भात्किदा टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलमा विद्यार्थीहरु कक्षाकोठामा पढिरहेको अवस्थामा विद्यालयको अस्थायी टहराको पछाडिको भागमा रहेको ठुलो पर्खाल भत्कीन गई कक्षा ३ मा अध्यायनरत ९ बर्षीय बालिका कृपा राई र सोही कक्षामा अध्यायनरत १० बर्षिया बालिका अञ्जना पुनको निधन भएको र अरु कक्षा ३ र कक्षा ८ मा अध्ययनरत करिब २३ जना बालबालिका घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस्