नवरात्रमा विशेष पूजा हुने भक्तपुरको नवदुर्गा मन्दिरसहित विभिन्न शक्ति पीठहरुमा भक्तजनहरूको आकर्षण बढ्दै गएको छ । भक्तपुर नगरभित्र रहेका नवदुर्गा मन्दिर सहितका अन्य शक्ति पीडहरूमा भक्तजनहरूको नवरात्रमा आकर्षण बढ्दै गएको हो । तलेजु भवानी मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले लिच्छविकालदेखि नै नवदुर्गा मन्दिरमा नौवटा भवानीको विशेष पूजा तथा आरधाना हुने भएकाले नवरात्रमा नवदुर्गा मन्दिरसहितका अन्य शक्ति पीठहरूमा भक्तजनको आकर्षण बढ्ने गरेको बताए ।
उहाँका अनुसार नवदुर्गा मन्दिरमा नवरात्रको प्रतिपदाका दिन ब्रह्मायणी, द्वितीयामा महेश्वरी, तृतीयामा कुमारी, चतुर्थीमा बैष्णवी, पञ्चमीमा बाराही, षष्टीमा इन्द्रायणी, सप्तमीमा महाकाली, अष्टमीमा महालक्ष्मी र नवमीमा त्रिपुरासुन्दरीको पूजा तथा आरधना गरी नवदुर्गा भवानीको विशेष पूजा आरधना हुन्छ ।
विजयमा दशमीको राति खड्गजात्रासहित तलेजु भवानीको बहान सेतो घोडासहित नगरपरिक्रमा गर्ने परम्मपरा रहँदै आएको छ । नवरात्रको सप्तमी, अष्टमी र नहमीमा गरी ५४ वटा बोका, ३२ वटा राँगा तलेजु भवानीलाई बलि दिइने परम्मपरा रहँदै आएको उनले बताए ।
भक्तपुर गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले महानहमनीमा १३ जना जना वनमालाहरूले विभिन्न देवीदेवताको मुकुटसहित नवदुर्गा नाच देखाउने परम्मपरा रहेको बताए ।
उहाँले नवरात्रमा महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, वाराही, इन्द्रायणी महाकाली, सिंह, भैरव, डुम्म (बागको रूप) र स्वतेभैरवको मुकुट लगाएर नवदुर्गा नाँच प्रर्दशन गरिनु नवरात्रको मूल आकर्षण भएको बताए । लिच्छविकालदेखि नै राष्ट्रप्रमुखले दशैंको अन्तिम दिन कोजग्रत पूर्णिका दिन मन्दिरमा पुगेर पूजा आरधाना गर्ने परम्मपरा रहँदै आएको छ । नवदुर्गा मन्दिरको नवरात्रमा पूजाको व्यवस्था गुठी संस्थानले गर्दै आएको छ ।