Logo

दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला ? डाक्टरको यस्तो सुझाव !



Spread the love

दसैँको रौनक घरसम्म आइपुगेको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दसैँ भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला ? मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा ध्यान पु¥याउन चिकित्सकहरुले सुझाव दिएका छन्।

Eat Healthy Meatदसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ । खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दसैँंका समयमा अस्पतालमा पुग्ने गरेका छन्। रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र रसायन मिसाएर पकाउँदा कार्सिनोजेनिक उत्पादन भई स्वास्थ्यलाई हानि पुग्ने बताउछन्। यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउन सक्ने हुँदा यस्ता मासु नखान चिकित्सकहरुले सुझाव दिएका छन्।

धुवाँमा सेकाएका सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाई बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्ने हुँदा सजक रहन चिकित्सकहरुले सुझाव दिएका छन्।

खानपिनमा सामान्य ध्यान नदिँदा दसैँंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिक जस्ता समस्या देखा पर्न सक्छ। “एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म राखेर खानु हुँदैन।

क्यान्सरका बिरामीले खसीको मासु एकै पटक खानुभन्दा साधारण तरिकाले पकाएको थोरै मात्र प्रयोग गर्ने र पोलेको, डढेको वा धेरै भुटेको मासु भने खाँदै नखान चिकित्सकहरुले सुझाव दिएका छन्।

दसैँको बेला मासु प्रयोग गर्दा, उमालेर र सामान्य तरिकाले पकाएर मात्रै खानुपर्ने चिकित्सकको सुझाव छ। मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुन्छ जस्ले गर्दा पेट, आन्द्रा र छालामा क्यान्सर हुन सक्ने खतरा पनि बढी हुन्छ। “मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुनेहुँदा सिधै आगोमा पोल्दा उच्च तापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामिडिएस उत्पन्न हुन्छ जुन क्यान्सर रोग गराउन सहयोग हुन्छ”

त्यसैले ताजा र सफा मासु किन्नेतर्फ ध्यान दिन जरुरी छ । “मासु पकाउँदा धरै चिल्लो, मसला राखी भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ । अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ, “स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो”।

प्रतिक्रिया दिनुहोस्