आज बलीउडका सुपरस्टार सलमान खानको ५१ औं जन्मदिन हो, सलमान खानको पुरा नाम अब्दुल रशिद सलिम सलमान खान हो । । २७ दिसम्बर १९६५ मा जन्मिएका सलमानले आफ्नो फिल्मी करियर सन १९८८ मा चलचित्र “बीवी हो तो ऐसी”बाट सुरु गरेका थिए । सलमानलाई पहिलो ठूलो व्यावसायिक सफलता भने १९८९ मा रिलिज भएको “मैंने प्यार किया “बाट मिल्यो, जसबाट उनले फिल्मफेयर सर्वश्रेष्ठ नवीन पुरूष अभिनेता पुरस्कार हात पारे । त्यसपछि त उनले आफ्नो करियर पछाडी फर्किएर कहिले हेर्नु नै परेन ।
अहिले उनको स्टारडमको बलीउडमा मात्रै होइन हलिउडमा समेत उत्तिकै चर्चा हुने गर्दछ । त्यसो त उनका प्रशंसक र फ्यानहरु बिश्वभर बढ्दो छ । उनलाई पछ्याउने कलाकार र फ्यानहरु थुप्रै छन् जसका कारण पनि सलमान चर्चाको चुचुरोमा पुग्न सफल भएका हुन् ।सुपरस्टार सलमान खानको क्रेज त्यसै बढेका भने पक्कै होइनन । उनको ब्रान्डीङ्का पछाडि उनले गरेका विभिन्न क्रियाकलाप र उनको जीवन संघर्षले ठूलो भूमिका निभाएको छ । बाहिरबाट नियाल्दा उनको जुन व्यक्तित्व छ, उनको भित्रि रहस्य पनि त्यतिकै गर्बलायक छ । रिललाइफमा मात्रै होइन रियल लाइफमा पनि उनको संघर्ष र योगदान उतिक्कै प्रशंसनीय छ ।
सन २००४ मा युएसएको पिपुल म्यागेजिनमा सलमानलाई ‘बेस्ट लुकिंग म्यान इन दी वर्ल्ड’ को सुचीमा सातौ र भारतबाट पहिलो स्थान मिल्यो ।हिमेश रेशामिया, साजिद वाजिद, संजय लीला भंसाली, जैकलीन फर्नाडीज, सोनाक्षी सिन्हा जस्ता स्टारलाई बलिउडमा सलमान खानले नै भित्र्याएका हुन् । त्यस्तै खानका धेरै नजिक र राम्रा साथी हुन् संजय दत्त।
ट्वीटरमा सलमान खानका ४२ करोड फ्यान छन, त्यस्तै ३३ करोड करोड ४१ लाख बढी फेसबुक ‘लाइक’ छन । उनको १० फिल्मले लगातार १ सय करोड रुपैयाँ बढी कमाइ गरेको छ ।फिल्म उद्योगमा सलमान एक्लै यस्ता अभिनेता हुन् जसको लगातार १० फिल्म (दबंग, रेडी, बडीगार्ड, एक था टाइगर, दबंग-२, वान्टेड, बजरंगी भाईजान, किक, सुल्तान, प्रेम रतन धन पायो) ले १०० करोड भन्दा बढी कमाइ गरेको छ ।
सलमानले ‘बीइंग हुमन’ नामक एक गैरसरकारी संस्था चलाएका छन् जसले बच्चा र गरिबलाई सहयोग गर्दछ । सलमान खान आजबाट ५१ औं बर्षमा लागेपनि उनी हालसम्म भने अविवाहित नै छन् । बेला बखतमा विभिन्न यूवतीहरुसँग उनको नाम जोडिने गरेपनि उनी अझै केही बर्ष विवाह नगर्ने तयारीमा रहेको बताइएको छ । उनको अर्को बर्ष अर्थात २०१७ को ईदमा “ट्यूबलाइट”नामक चलचित्र प्रदर्शनमा आउँदैछ ।