Logo

यी हुन मरभुङ्ग स्वास्थ्य चौकी बाट पाउने सेवा सुविधा



Spread the love

देशभरिका स्वास्थ्य चौकीमा विभिन्न किसिमको सेवा सुविधा उपलब्ध हुने गर्दछ । त्यस्तै सेवाहरू गुल्मी जिल्ला मालिका गाउँपालिका मरभुङ्ग स्वास्थ्य चौकीमा उपलब्ध हुने गर्दछ ।

मरभुङ्ग स्वास्थ्य चौकीले दिँदै आएका सेवाहरू :
१. २४ सै घण्टा बर्थिङ सेवा
२.परिवार नियोजन सेवा
जसमा अस्थायी परिवार नियोजनका साधनहरू वितरण गर्नुको साथै वर्षको एक चोटि स्थायी बन्ध्याकरण समेत हुने गर्दछ ।
३. सुरक्षित मातृत्व
गर्भवती महिलाले ४ पटक चेक जाँच, आइरन चक्की, जुकाको औषधि साथै यातायात खर्च २ हजार समेत पाउछन । साथै ४ पटक नियमित रूपमा चेक जाँच गराए बापत ८ सय समेत दिइन्छ ।
त्यस्तै गाउँपालिका बाट पोषण भत्ता १ हजार दिइन्छ भने न्यानो कपडा समेत उपलब्ध गराइन्छलाले
३. खोप कार्यक्रम
मासिक रूपमा विभिन्न प्रकारका रोग विरुद्ध खोप कार्यक्रम सञ्चालन गरिन्छ ।

४. CBIMNCI कार्यक्रम
जन्मे देखि पाँच वर्ष सम्मका बालबालिकालाई स्वासप्रस्वास तथा झाडापखालाको औषधी तथा चेक जाँच, ६ महिना देखि पाँच वर्षमुनिका बालबालिका लाई जुकाको औषधी दिइन्छ ।

त्यस्तै क्षयरोग तथा कुष्ठरोगको नि:शुल्क औषधी समेत उपलब्ध गराइन्छ । यी सेवा सुविधा बाहेक स्वास्थ्य चौकी बाट ३५ प्रकारका औषधी नि:शुल्क वितरण हुने गर्दछ ।

साथै, गाउँपालिकाको सहयोग तथा सिमलटारी फेन्ड्स कब्लको सहयोगमा एम्बुलेन्स केही समयमा नै सञ्चालन गर्ने स्वास्थ्य चौकी प्रमुख हेमराज पौडेलले सल्लेरी खबरलाई बताए ।

मरभुङ्ग स्वास्थ्य चौकी सुगम ठाउँमा रहेकोले विभिन्न ठाउँ बाट धेरै बिरामी आउने हुँदा समय समयमा औषधीको अभाव हुने गरेको स्वास्थ्य चौकीका सुशील अर्यालले बताए ।

मरभुङ्ग स्वास्थ्य चौकीमा हाल ७ जना कर्मचारी कार्यरत रहेका छन् ।

(गुल्मी मालिका गाउँपालिकाका साथै सम्पूर्ण जनतालाई जानकारी गराउने हेतुले सल्लेरी खबरका सम्वाददाता डिबी खड्काले यो समाचार तयार पारेका हुन् ।)

प्रतिक्रिया दिनुहोस्