Logo

झारफुक गरेर करोडौं कमाउने ओम बाबा कारागारमा



Spread the love

२४ असोज, हेटौंडा- झारफूकको बहानामा करौडौं पैसा असुल्दै आएका ओम प्रकाशलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

हेटौंडा–१४ स्थित ओम आरोग्य आश्रममा झारफुक गरेर जस्तो सूकै रोग निको पार्ने भन्दै सेवा सुल्क लिदै आएका उनलाई अकुत सम्पत्ति कमाएको आरोपमा जेल चलान गरिएको अदालतले जनाएको छ । उनले कमाएको रकमको स्रोत नखुलेकाले उनिमाथी अनुसन्धान भईरहेको जनाइएको छ । अहिले उनलाई भिमफेदी कारागारमा राखिएको छ ।

प्रकाशका सहयोगी भनिने विनय भेटवाललाई समेत एक लाख रुपैयाँ धरौटी माग गरिएको छ । जिल्ला न्यायधिश षडानन्द तिवारीको इजलाशले मंगलवार भएको थुनछेक बहसपछि यस्तो आदेश गरेको हो । सहयोगी विनय भेटवाल धरौटी रकम बुझाएर छुटेका छन् ।

हेटौंडा ११ नवलपुरकी साबीत्री पुडासैनीको झारफुकका क्रममा मृत्यु भएपछी मृतक महीलाका पति काशीराम पुडासैनीले ओमबाबा विरुद्ध अदालतमा इलाज सम्बन्धि कसुरमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्