आफूहरुले खाएको रक्सिको पैसा आयोजकले नतिरेपछि एक कलाकार महोत्सव र आफूलाई महोत्सवमा आमन्त्रण गर्ने व्यक्तिको खोइरो खन्न लागि परेकी छिन् । शुक्लागण्डकी लायन्स महोत्सवमा शनिवार आएकी मोडल तथा कलाकार सोनिका रोकायले रक्सिको पैसा आयोजकले नतिरेपछि महोत्सव र उनलाई महोत्सवमा निमन्त्रणा गर्ने बिनोद बुढाथोकी बिरुद्ध खनिएको महोत्सवका आयोजकले जनाएको छ ।
आखिर किन यसरी ब्यक्तिलाई नै ट्याग गरेर चरित्र हत्या गर्न खोजिदै छ। बिनोद बुढाथोकीले कलाकारसँग कमिसन खाएको आरोप लगाएकी छिन् । सामान्य कुरालाई पनि आयोजकले पुरा नगरेको उनले आरोप लगाइन । आयोजकले आफुहरुलाई खानाको पैसा तिराएको समेत उनले सो स्टाटसमा लेखेकी छन ।
शुक्लागन्डकि लायन्स महोत्सबले आयोजना गरेको कार्यक्रममा २० गते कार्यक्रमको लागि सोनिकालाई बोलाईएको थियो। एक दिनको ईभेन्टको लागि ५० हजारको डिमान्ड गरेकी थीइन् । तर आयोजले एती धेरै रकम दिन नसके पछी कुरो २५ हजारमा फाईनल भएको थियो।
त्यस दिनमा रामजी खाण ,प्रिया भण्डारी,स्रिजना खत्री लगाएतको प्रस्तुती रहेको थियो। साथै कार्यक्रम भब्यता साथ सम्पन्न भएको थियो।महोत्सबमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुती रहेको छ। दुर्गेश थापा, रामजी खाण, हेमन्त शर्मा ,पशुपती शर्मा ,ज्योति मगर लगायत कलाकारहरुको प्रस्तुती रहेको छ।
को हुन् बिनोद बुढाथोकी ?
लामो समय देखी ईभेन्ट म्यानेज्मेन्ट क्ष्रेत्रमा कार्यरत एउटा परीचित नाम हो बिनोद बुढाथोकी। उनको यस क्षेत्रमा १० बर्ष लामो अनुभब छ।उनको आफ्नै सस्था रहेको छ जुन सस्था मार्फत उनी ईभेन्ट म्यानेज्मेन्ट गर्ने गर्दछन।
को हुन सोनिका रोकाय?
उनी प्रस्तोता (भिजे) तथा मोडल हुन्। उनी बिगत केही समय देखी यस क्षेत्रमा कार्यरत छिन् । उनले केही म्युजिक भिडियोहरु पनि काम गरिसकेकी छिन्।
के भन्छन त अन्य ईभेन्ट्मा उपस्थित कलाकारहरु?
त्यस दिनमा अन्य कलाकारहरुले आफुहरुलाई खान बस्नको कुनै समस्या नरहेको बताउछन। साथै कार्यक्रम भब्यता साथ सम्पन्न भएको बताउछन्।
त्यस दिनको कार्यक्रम सकिसके पछी बेलुका सोनिकाले फेस्बूकमा लेखेको स्टाटस एस्तो छ:
जाहा जान्छु त्यही माया पाउछु
यो क्रम आज तनहुँ मा पानी पाय
यही मायाले त सोनिका आज तपाईंहरु माझ मनोरन्जन दिन सफल छ।
भोलीपल्ट बिहान पुनः अर्काे स्टाटस लेख्दै उनी आयोजक र बुढाथोकी बिरुद्ध खनिएकी हुन ।-सुक्ला गण्डकी लायन्स महोत्सवले सिकाएको पाठ !!!!
कलाकारलाई मिसयुज गरि कमिसन खानु नै छ भने,महोत्सव लादा खाना को पैसा कलाकार लाई नै तिराउनु छ भने, र महोत्सव स्थालमा कलाकारलाई इज्जत साथ लान ल्याउन सक्दैन भने…किन महोत्सवमा कलाकारको दलाली गर्छौं ?BINOD BUDHATHOKI ज्यु । । ।
बास्तविकता यस्तो छ:
शुक्लागन्डकि लायन्स महोत्सबले आयोजना गरेको कार्यक्रममा २० गते कार्यक्रम उद्घाटनको लागि सोनिकालाई बोलाईएको थियो। १९ गते उनी शोभित बस्नेतसँग काठमान्डौबाट कार्यक्रम्को लागि हिंडेकी थीइन। राती ११ बजे फोन गर्दा १ बजे सम्म आउने बताईन ।तर नआएपछी होटल संचालकले उनिहरुलाई कुर्न स्टाफ राख्दिने बताएपछि बिनोद बुढाथोकी सुत्न गय। तर ३ बजे सम्म नआएपछी स्टाफहरु सुते। उनिहरु ५ बजे मात्र आई पुगे। ५ बजे आई पुगे पछी उनिहरु रूममा सुतेको र बिहान्को ब्रेकफास्ट पनि गरेका छन्।
त्यस दिन को कार्यक्रम भब्यताको साथ सम्पन्न भयो । हजारौ दर्शकहरुको उपस्थिती रहेको थियो। महोत्सव पश्चात उनले कार्यक्रममा उपस्थित भएवापतको पारिश्रमिक र मायाको चिनो ग्रहण गरेर निस्किएकी थिइन । उनी सहित त्यस दिनका कलाकारका खाना र बाँसका लागि आयोजकले स्थानीय एक होटल ( होटल यसियन गार्डेन )मा व्यवस्था गरेको थियो । त्यस होटलमा सोनिकाले झण्डै ४ घण्टा बिताएको थिइन ।
कोठामा जानेबेलामा होटलका कर्मचारीले उनीहरुसंग रक्सिको पैसा मागेपछि उनले एक जना व्यक्तिलाई फोन गरिन् । फोन सकिए लगतै उनले त्यसदिन महोत्सवमा सहभागी चलचित्र निर्देशक शोभित बस्नेतलाई आयोजकले दिएको ‘मायाको चिनो’ भुइमा फुटालिन ।
‘लायन्स’ शब्द समाज सेवाको पर्यायबाची शब्द भएकोले व्यक्तिगत स्वार्थलाई जोडेर महोत्सवको नाम बदनाम नगराउन महोत्सवका मुल संयोजक प्रदीप थापाले अनुरोध गरे। ‘शुक्लागण्डकी लायन्स महोत्सवमा लायन्स क्लवको नाम पनि जोडिएको छ,’ उनले भने, ‘बास बस्नुपर्ने कलाकारलाई खाना र बस्नको व्यवस्था गरेका छौ, तर मदिरामा खर्च नगर्ने निर्णय भएको छ।’
आखिर किन सोनिकाले डिलिट गरिन त स्टाटस ?
सोनिकाले आयोजकले आफुहरुलाई खान बस्न बेवास्था गरेको आरोप लगाएकी छिन्। यदी सोनिकालाई आयोजकले नै बेवास्ता गरेको भए किन डिलिट गरिन त आफुले लेखेको स्टाटस ।यदी सत्यता नै थियो भने किन डिलिट भयो त प्रश्न चिन्ह उठेको छ। रमाईलो कुरा त के छ भने जब कि बिनोद बुढाथोकी र सोनिका रोकाएको बिच चिन्जान नै भाको छैन । तर पनि सोनिकाले स्टाटसमा बिनोदको फोटो किन राखिन र चरित्र हत्या गर्न खोजियो ? जब कि आयोजक सुक्ला गण्डकी लायन्स महोत्सव हो। तर उनले ब्याक्तीलाई नै किटान गरेर स्टाटस लेख्नु जायज देखिदैन।
यस विषयमा वास्तविकता के हाे भन्ने कुरा पछी बाहिर आउँला तर ब्यक्तिलाई नै ट्याग गरेर चरित्र हत्या गर्न खोज्नु भनेको पक्कै नै जायज देखिदैन ।शुक्लागन्डकि लायन्स महोत्सब ,तनहु ,बेलचौतारामा आयोजित कार्यक्रम असोज १९ देखी २८ सम्म चल्ने छ।