Logo

सोमबार देखि थारमारे बागचौर बाट बाफुखोला सम्म मिनि बस सन्चालन हुँदै



Spread the love

salyan_rukum_yatayat_shakha

जनताको चाहना र यात्रुहरुको सुविधा लाई मध्यनजर गर्दै समय अनुकूल सेवा दिन सफल सल्यान जिल्लाको अग्रनिय सेवा प्रदायक संस्था सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले सोमबार देखि सल्यान थारमारे बाट बाफुखोला सम्म मिनिबस सञ्चालन गर्ने समितिले जानकारी दिएको छ ।

स्थानीय रुटहरुमा गाडि सञ्चालन गरी यातायात क्षेत्रलाई बिस्तार र व्यवस्थित गर्ने अभियान अन्तर्गत समितिले सोमबार देखि थारमारे बाट बाफुखोला सम्म मिनि बस सञ्चालन गर्ने तयारीमा रहेको समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका छ्न ।

इलाका प्रशासन, नगरपालिका, प्राथमिक स्वास्थ्य केन्द्र लगायत शैक्षिक क्षेत्र रहेको थारमारे बागचौर सम्म सहज तरिकाले सेवा ग्राहीहरु आउनको लागि र समयमै सरकारी काम सकी घर फर्कन सहज होस भनेर थारमारे देखि बाफुखोला सम्म गाडी सञ्चालन गर्न लागिएको बुढाथोकीले बताए ।

बुढाथोकीका अनुसार थारमारे बाफुखोलाको सडक खण्डमा दैनिक एउटा लोकल गाडी सञ्चालन गरिने र जनताको कार्यलाई सहज गराउने उदेश्यले  सरकारी कार्यालयको समय सीमालाई मध्यनजर गरी थारमारे बाट बाफुखोलाका लागि दिउसो साढे ३ बजे र बाफुखोला बाट थारमारेको लागि बिहान ७ बजे गाडी छुटाइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्