२१ असोज, काठमाडौं – नेपालमा बलात्कारका घटना बढ्दै गएपछि सरकारले पोर्न साइट बन्द गर्न नेपाल टेलिकमलाई १६ हजार पोर्न साइट् बन्द गर्नका लागि निर्देशन दिइएको अघिल्लो साता जनाएको थियो । केही समय यसको प्रयोगमा कमी आएपनि अहिले प्रयोग पुरानै अवस्थामा आएको इन्टरनेट सर्भिस प्रोभाइडरहरुलाई निर्देशन दिएपनि त्यो प्रभावकारी नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैगरी सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पनि संसदीय समितिमा बोल्दै पोर्न साइट् बन्द गरिएपनि प्रभावकारी नभएको बताएका थिए । अहिले नेपालमा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोगमार्फत पोर्न साइट हेर्ने काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचारमा जनाइएको छ । काठमाडौंमा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीका एक निर्देशकले जनाएअनुसार नेपालमा त्यस्ता साइट्हरु पूर्ण रुपमा प्रतिबन्ध लगाउन कठिनाइ भईरहेको छ किनकि अनधिकृत रुपमा समेत ती साइट हेर्न सकिन्छ ।