Logo

स्वर्गीय राजा वीरेन्द्रको ८७ अर्ब बराबरको सम्पत्ति भेटियो



Spread the love

१९ असोज, काठमाडौं- दरवार हत्याकाण्ड भएको झन्डै दुई दशकपछी स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

पुर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालयले हालसम्म पुर्व राजपरिवाको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ । राज्य व्यवस्था समितिको विहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८७ अर्बको रकम प्राप्त भएको जानकारी दिए ।

सो सम्पत्तिलाई अल्पकालीन मध्यकालीन र दीर्घकाली व्यावसायिक योजना बनाएर परिचालन गरी आएको रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्ने उदेश्य रहेको उनले बताए ।

 

 

सो उदेश्य हासिल गर्न आवश्यक निर्देशिका तयार गरिएको पनि उलने बताए । नेपाल ट्रस्टमा स्वर्गीय वीरेन्द्र र उनको परिवारको अचल सम्पत्ति अन्तर्गत १ अर्ब ६९ करोड रुपैयाँ प्राप्त भएको सचिव सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्