१८ असोज काठमाडौं – संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार दिउँसो ३ बजे स्वदेश फर्किँदै छन् । उनी महासभामा भाग लिनका लागि यही असोज ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए भने कोस्टारिकाको भ्रमणमा गएकोमा पुनः अमेरिका हुँदै स्वदेश फिर्ता हुन लागेका हुन् ।
उनी विदेश भ्रमणमा भएकै बेलामा उनको पार्टी (नेकपा) भने विवाद उत्पन्न भइरहेको छ । सो पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले एकलौटी गरेको भन्ने पार्टीको तेस्रो बरियताका नेता माधवकुमार नेपालको आरोप रहँदै आएको छ । नेपालले यही असोज ११ गते संसदको बैठकमा सम्बोधन गर्ने गर्ने सरकारको पनि चर्को आलोचना गरेपछि दुवै खेमाका कार्यकर्ता अहिले आपसमा हिलो छ्यापाछ्यापको अवस्थामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्