Logo

सल्यानी नवसर्जकको गीतमा शान्ति श्रीको आवाज



Spread the love

नेपालीको महान पर्व दशैं आउन केही हप्ता मात्रै बाँकी रहेको छ । कामकाज लगायत कारणले आफ्ना घर छाडेकाहरु पनि यस पर्वमा घर फर्कने गर्दछन् । तर, कयौँ भने फर्कन पाउँदैनन्, जसको पीडालाई समेटेर तयार पारिएको मार्मिक लोकदोहोरी गीत ‘ऋण’ सार्वजनिक गरिएको छ । परदेशको पिडालाई जस्ताको तस्तै शब्दमा उतारि एउटा लाखौं लाख परदेसि नेपालीहरुको एउटै वास्तविक यथार्थ कथा बस्तुमा आफ्नो जिवनका पलहरुलाई सुख अनि दुख तपाईंहरु माझ बिसाउन चौतारी पाएको छु परदेशको दुखलाई यसैगित मार्फत लाल बहादुर महतारा क्षेत्री बताउछन्। क्षेत्री सल्यान जिल्ला कपुरकोट ६ सिनबाङका हुन् ।

गीतमा युवा सर्जक लाल बहादुर महतारा क्षेत्रीको मार्मिक शब्द रहेको रहेको छ। गीतमा संगीत रोल्पाली गायक हरी डिसीको रहेको छ। यसै गरी रोशन धितालको सम्पादन तथा राहुल राईको छायान्कन रहेको छ । गीतमा स्वर हरि डिसी र बहुचर्चित बोलमायाकी गायिका शान्ति श्री परियारको रहेको छ।उक्त म्युजिक भिडियोमा हरी डिसी र सपना ओलीले अभिनय गरेका छन भने म्युजिक भिडियोको निर्देशन रेशम सापकोटाले गरेका हुन ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/oC7zhXEL8Mc

प्रतिक्रिया दिनुहोस्