नेपाली चलचित्र ‘दि कर्मा’को पहिलो गीत रिलिज भएको छ । बजार लाग्या छु बोलको गीतको भिडियोमा नायिका निता ढुङ्गाना र नायक करण बर्माको दमदार नृत्य रहेको छ ।भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा एङ्ग्री लुक्समा छन् भने बुद्धि तामाङ पनि देखिएका छन् ।गीतमा कोसिस क्षेत्रीको शब्द तथा सङ्गीत रहेको छ भने मनीषा पोखरेलको स्वर रहेको छ । यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । चलचित्रका गीतहरूमा कोसिस क्षेत्री, मानस थापा र अङ्कित बाबु अधिकारीको सङ्गीत छ ।
जय राज रायले निर्माण गरेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायाङ्कन गरेका छन् । मङ्सिर ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।
जय मिडिया म्यानेजमेन्ट प्रा।लि।को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रूपमा रहेको फिल्मको छायाङ्कन नेपालको तराई क्षेत्रमा भएको हो । भारतका मोडल तथा कलाकार करण बर्माको अभिनय रहेको यो चलचित्रमा करणका अलावा निता ढुङ्गाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, सङ्गीता नापितलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो:
https://youtu.be/Df75Pjs1_2c