अभिनेता सलमान खानको विवादित टेलिभिजन रियालिटी शो ‘बिग बोस सिजन १२’ मा भारतीय भजन गायक अनुप जलोटा र उनकी प्रेमिका जसलिन मथारुको जोडीको प्रवेश भएसँगै चर्चामा छाएको थियो ।टिभी शोको एक टास्कको क्रममा उनकी प्रेमिकाले आफुलाई साथ नदिएको भन्दै उनले सबै प्रतियोगीका अगाडी आफु अब अलग भएको घोषणा गरेका हुन्।यससँगै जलोटाले आफ्नो तीन बर्षदेखिको जसलीनसँगको सम्बन्धलाई पनि पूर्ण बिराम दिएका छन्।आफू जसलिनका लागि ज्यान दिन पनि तयार रहेको तर जसलिनले आफूलाई भन्दा उनको कपाल, कपडा र मेकअपलाई माया गरेकाले अबदेखि उनी जसलिनका साथ नरहने निर्णय लिएका छन् ।
.@anupjalota ne tod di hai #JasleenMatharu se jodi! #BB12 #BiggBoss12 pic.twitter.com/aXxk6b2wcP
— COLORS (@ColorsTV) October 2, 2018
अनुप जलोटाले बिग बोस घरमा उपस्थित सम्पूर्ण सदस्य तथा क्यामेराको अगाडि यस कुराको घोषणा गरेका छन । साथै अबदेखि बिग बोसमा आफू एक्लै रहने र जसलिनसँगको सम्बन्धमा नरहने बताएका छन् । अहिले अनुप र जसलिनबीचको ब्रेकअपको खबर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
#JasleenMatharu has a breakdown as @anupjalota says goodbye to the anokhi jodi! Stay tuned. #BB12 #BiggBoss12 pic.twitter.com/c9nTM3SRnP
— COLORS (@ColorsTV) October 2, 2018
भारतमा भजन गायकको रुपमा चर्चित जलोटाले भारत सरकारको तर्फबाट सन् २०१२ मा पदमाश्री सम्मान पनि पाएका छन्। अहिले आफूभन्दा ३७ बर्ष कम उमेरकी युवतीसँग प्रेममा रहेको खुलासापछि अहिले बलिवुडमा सनसनी मच्चाएपनि जलोटाले गरेको ब्रेकअपले फेरी चर्चा पाएको छ ।गायक अनुप जलोटा र उनकी प्रेमिकाबीच ३७ वर्षको अन्तर रहेको छ । अनुप जलोटा ६५ वर्ष भए भने उनकी प्रेमिका २८ वर्षकी हुन् ।