Logo

तनुश्रीले लगाइन नाना पाटेकरमाथि सेक्सुअल ह्यारेस्मेन्टको आरोप ,आरोपको बारेमा मुख खोले नानाले



Spread the love

बलिउड नायिका तनु श्री दत्तले अभिनेता नाना पाटेकरमाथि फेरि एकपटक पुरानो मुद्दा उठाएकी छन्। वर्षौंपहिले एक फिल्मको सुटिङका क्रममा नाना पाटेकरसँग उनको विवाद भएको थियो। तनु श्रीले भनिन्, ‘फिल्म साइन गर्दा उनले यस्ता दृश्यका बारेमा बताएका थिएनन्।मेरो कान्ट्र्याक्टमा पनि यस्तो केही थिएन। एक दिन मेरो एकल सुटिङ थियो, तर त्यहाँ नाना उपस्थित थिए। जब मैले फिल्मका निर्माता, निर्देशकसँग नाना यहाँ किन उपस्थित छन् भनेर सोधेँ; त्यसपछि उनले मलाई समातेर आफूतिर ताने। नानाले मलाई डान्स सिकाउन सुरु गरे। मसँग टाँसिने प्रयास गरे। त्यति बेला मात्रै मलाई नानासँग इन्टिमेट सिन भएको जानकारी गराइयो।’तनु श्रीका अनुसार नानाले महिलालाई सधैं सताउने काम नै गरे। ‘एक अभिनेत्रीलाई मारेका पनि छन्। यो कुरामा फिल्म इन्डस्ट्रीका धेरैजना जानकार छन्’, उनले भनिन्। तनु श्रीको यो आरोपले फेरि एकपटक माहोल तातेको छ।बलिउड नायिका तनु श्री दत्तले अभिनेता नाना पाटेकरमाथि लगाएको यौन दुर्व्यबहारको आरोपछि बलिउडमा हंगामा मच्चिरहेको छ । नाना पाटेकरमाथि लागेको यस गम्भिर आरोपपछि बलिउडमा माहोल तातेको छ। फिल्मी नगरीका अधिकांश चर्चित भन्दा चर्चित नायिकाहरुले तनु श्रीको हिम्मत र साहसको उच्च प्रशंसा गरेका छन् ।

‘सेक्सुअल ह्यारेस्मेन्ट’ को आरोप बारे बोले नाना

अभिनेता नाना पाटेकरले अभिनेत्री  तनुश्री दत्ताले आफूमाथि लगाएको यौन उत्पीडनको आरोपको बारेमा मुख खोलेका छन् । उनले अब कानुनी एक्सन लिने बताएका छन् ।Image result for nana patekarतनुश्रीले एक दशकपछि यस हप्ता फेरि आफूमाथि लगाइएको आरोप बारे पहिलो प्रतिक्रिया दिँदै नानाले भने, ‘तपाईहरु मलाई बताइदिनुस् कि एक व्यक्तिले केही भनेको भरमा म के गर्न सक्छु ? यौन उत्पीडनसँग के मतलब छ ?’

तनुश्रीले २००८ मा ‘हर्न ओके प्लीज’ को छायांकनको क्रममा नानाको विरुद्धमा पहिलो पटक आरोप लगाएकी थिइन् र उनले हालै एक साक्षात्कारमा फेरि नानामाथि आरोप लगाएकी छन् । नानाले मिरर नाउसँग भने, ‘म सेटमा थिएँ र त्यसबेला २ सय व्यक्ति हाम्रो सामुन्ने बसेका छन् । म के गर्न सक्छु ?’

के कानुनको सहायता लिनुहुन्छ ? यस प्रश्नमा उनले भने, ‘म हेर्ने छु कि कानुनी रुपमा के हुन्छ । मिडियासँग केही कुरा गर्नु पनि गलत/अनुचित हुनेछ किनकी तपाईहरु जे पनि छाप्न सक्नुहुन्छ ।’

राष्ट्रीय पुरस्कार विजेता अभिनेताको एक फरक अनुहार भएको आरोपको प्रश्नमा नानाले भने, ‘मानिसहरु जे पनि भन्न सक्छन् । म आफ्नो जिन्दगीमा त्यो काम गर्न कहिल्यै पछाडि हट्दिनँ, जुन म गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्