स्पेनिस ला लिगामा बार्सिलोनाले अर्को बराबरी खेलेको छ।तीन दिनअघि लेगानेससँग पराजित भएको बार्सिलोनाले एथ्लेटिको विल्वाओसँग बराबरी खेलेको हो।
वैकल्पिक खेलाडी मुनिरले खेल सकिन ६ मिनेट अगाडी गोल गरेपछि बार्सिलोनाले विल्वाओसँग १-१ को बराबरी खेल्दै १/१ अंक बाँड्यो। पहिलो रोजाईमा नरहेपनि दोस्रो हाफमा मैदान छिरेका लियोनल मेसीले मुनिरलाई गोलका लागि सहयोग गरेका थिए।
यस सिजन बार्सिलोनाको यो दोस्रो बराबरी हो। बार्सिलोनाले गत साता जिरोनासँग पहिलो बराबरी खेलेको थियो। बराबरीपछि ७ खेलबाट १४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत छ।
प्रतिक्रिया दिनुहोस्