बंगलादेशमा भैरहेको यू–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपाल १७१ रनले पराजित भएकाे छ । टस जितेर बलिङ गरेको नेपाली टोलीले ३ सय ५ रनको लक्ष्य पाएको थियो । ३६ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र सन्दीप जोराले २० रन जोडे । चार ब्याट्स्म्यानले दोहोरो अंक छुन नसक्दा दुईले भने खाता खोल्नै सकेनन् ।यसअघि भारतका लागि यसस्भी जैसवालले ५ छक्का र ८ चौकाको मद्दतमा सर्वाधिक १ सय ४ रन बनाएका थिए । यस्तै विकेट किपर प्रब सिमरन सिंहले ८२ रन बनाए । नेपालका भीम सार्कीले ७ ओभर बलिङ गर्दै ४ विकेट लिए । रशिद खानले २ विकेट लिँदा कमलसिंह ऐरी र सागर ढकालले १/१ विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस्