बाटिका इन्टरटेन्मेन्ट र जनता टेलिभिजनको संयुक्त आयोजनमा हुन गइरहेको ‘मिस्टर एण्ड मिस नेपाल आइकन २०१८’को लागि तेश्रो चरणको अडिसनका लागि आवेदन खुलेको छ । नेपाल मै पहिलोपटक रियालिटी शोको फर्म्याटमा आयोजना गर्न लागिएको यस प्रतियोगिताका दुई अडिसन सम्पन्न भइसकेका छन् । सहभागिताका लागी इच्छुकहरुको मागलाई ध्यानमा राख्दै तेश्रो अडिसन आयोजाना गर्न लागेको बाटिका इन्टरटेन्मेन्टकी निर्देशक गोमा अधिकारीले बताएकी छिन् ।देशैभरका विभिन्न कलेजमा अध्ययनरत १६ वर्षदेखि २८ वर्ष उमेर समूहका युवायुवतीले प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने छन् । प्रतियोगिता तीन महिना सम्म चल्नेछ ।अडिसनमा निर्णायक मिस नेपाल २००० उषा खड्गी, वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्गकी मिडिया, सेल्स एण्ड बिजिनेस डेभलपमेन्ट म्यानेजर बिपुला जोशी खनाल, लोकप्रिय गायिका रेखा शाह र बाटिका इन्टरटेन्मेन्ट प्रालिकी प्रबन्ध निर्देशक तथा मिसेज हिमालय नेपाल गोमा अधिकारी धितालको प्रश्नलाई प्रतिस्पर्धीले सामना गर्नुपर्ने छ ।मिस्टर एण्ड मिस नेपाल आइकन २०१८ को ओरिएन्टेसन कक्षा असोज २२ गते हुनेछ भने दशै लगत्तै तालिम शुरु हुने निर्देशक अधिकारीले बताइन् । युवा युवतीहरुको क्षमता, बौद्धिक विकास र अन्तरनिहित प्रतिभा प्रस्फुुटित गर्नका लागी कार्यक्रमको आयोजना गरिएको निर्देशक अधिकारीको भनाई छ ।
मिस्टर एण्ड मिस नेपाल आइकन २०१८ को बिजेताले एक लाख नगद सहित स्मार्ट टिभी प्राप्त गर्नेछन् । बिजेता मध्येबाट नै २ जनाले अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर समेत पाउनेछन् भने ४ जनाले पेन्टागन कलेजमा बिबिएस र बिएसडब्लु अध्ययनका लागी पुर्ण छात्रवृत्ती प्राप्त गर्नेछन् ।कार्यक्रम जनता टेलिभिजनले प्रशारण गर्नेछ ।