दुर्गा खड्का – बुटवल
बुटवल उपमहानगरपालिका स्थित अन्नपूर्ण माध्यमिक विद्यालयले नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल अञ्चल अस्पतालमा कार्यरत डाक्टरहरूले स्वास्थ्य परीक्षण गरेको विद्यालयका प्राचार्य मित्र हरि आचार्यले सल्लेरी खबरलाई बताए ।
कार्यक्रममा विद्यालयका करिब ४ सय ५० विद्यार्थी तथा १ सय ५० जना अभिभावकले स्वास्थ्य परीक्षण गराएका छन् ।
कार्यक्रमले शिक्षक, अभिभावक र विद्यार्थी बिच आत्मीयता बढाउनुको साथै स्वास्थ्यमा फाइदा पुग्ने कार्यक्रम उपस्थित अभिभावक राजन अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस्