बलिउड अभिनेत्री जया प्रदालाई नेपालको पर्यटन सद्भावना दुतमा नियुक्त गरिएको छ । नेपालको पर्यटन प्रवर्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय मार्फत उनलाई दूतमा नियुक्त गरिएको हो । पर्यटन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै जया सद्भावना दुत रहेको घोषणा गरेको थियो ।पर्यटकिय हिसाबले भारत नेपालको लागि ठूलो स्रोत भएको हुँदा भविष्यमा नेपालको पर्यटनमा सहयोग पुग्ने भन्दै जयालाई नियुक्ति गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानको रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको सन्दर्भमा सद्भावना दूतको माध्यमबाट भारतबाट अधिक सङ्ख्यामा पर्यटक आउने बताइएको छ ।भारतिय सद्भावना दुत मार्फत ठुलो संख्यामा भारतिय पर्यटक नेपाल भित्र्याउने अपेक्षा पर्यटन बोर्डको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्