दुर्गा खड्का -सल्लेरी खबर ।
एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्मारले हात पार्न सफल भएको छ ।
आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’ को उपाधि माथि कब्जा जामाएको हो । तेस्तै तीन खेल खेलेको म्यान्मारले ९ अङ्क जोड्दै शीर्ष स्थानमा रहन समेत सफल भयो ।
उपाधिसहित म्यान्माले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गरेको छ ।
तेस्तै पराजय भोगेको फिलिपिन्सले पनि समूह ‘ई’ मा दोस्रो हुँदै थाइल्याण्डको यात्रा तय गरेको छ ।
नेपाल र मलेशिया भने यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेका छन् । अहिले नेपाल र मलेशियाको खेल चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्