५, असोज सल्यान- मुलुकी सहिता ऐन २०७५ मा जन्मकैद हुने कानुनको विरोध गर्दै चालकहरुले आन्दोलन गरिरहेका छन् । यसकै कारण सर्वसाधारण र व्यापारीहरुले ठुलो सास्ती व्यहोर्नु परेको छ । देशकै प्रमुख नाका बिरगंज नाका गत ३ दिनदेखी अवरुद्ध छ । राजाश्व सन्कलनमा प्रभाव परेको छ । मुख्य चाडपर्वहरु दसैं, तिहार नजिकिदै गर्दा भईरहेको चालक आन्दोलनले समस्या निम्त्याएको छ ।
चालकहरु आन्दोलित हुने क्रम बढ्दो छ । यसै क्रममा सल्यानमा पनि चालकहरुले विरोधका कार्यक्रमहरु अगाडि सारेका छन । तर, ती बिरोधका कार्यक्रम विल्कुल नयाँ शैलीका छन । विरोधका लागि मात्रै नभएर सांंकेतिक छन ।
मुलुकी ऐनमा यातायात र चालक सम्बन्धी केही नियममा विरोध जनाउदै उनिहरुले गाडी चालकहरुलाई प्रती व्यक्ती एक किलो चामल, नुन खुर्सानी र एक बोत्तल पानी वितरण गरेका छन् । यस बिषयमा प्रतिकृया दिदै सल्यान चालक संगठनका अध्यक्ष न्युटन श्रेष्ठले भने, “हाम्रा मागहरुको सुनुवाई नभएसम्म बिरोधका कार्यक्रम चरणबद्ध रुपमा चलिरहनेछन् । ”